Logo

नेपालगञ्ज बसपार्कमा निःशुल्क पिउने पानीको व्यवस्था

Samachar Rekhanews २ आश्विन २०८०, मंगलवार १३:४६ मा प्रकाशित

२ असोज, नेपालगञ्ज । नेपालगञ्ज बसपार्कमा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सिद्धार्थ बैंकको सहयोग र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सको संरक्षण र व्यवस्थापनमा बसपार्क गेटमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मंगलवार एक कार्यक्रमका बीच शुद्ध पिउने पानीको शुभारम्भ गरे । बसपार्कमा दैनिक सयौं यात्रुहरुको आवतजावत हुने भएकाले उनीहरुको सुविधाका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताए । उनले नगरका अन्य स्थानमा पनि यसअघि शुद्ध पिउने पानीको व्यवस्था गरिएको बताउँदै आवश्यकताका आधारमा अन्य क्षेत्रमा पनि व्यवस्था मिलाइने उल्लेख गरे ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, सिद्धार्थ बैंकका लुम्बिनी प्रदेश प्रमुख उपेन्द्र गर्तौला र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सका दिलबहादुर थापाले निःशुल्क पिउने पानीको व्यवस्थाले सर्वसाधारण लाभान्वित हुने बताए ।
सिद्धार्थ बैंकले खानेपानी मेसिन उपलब्ध गराएको छ भने शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सले यसको रेखदेख, संरक्षण, सरसफाई र व्यवस्थापन गर्नेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?