Logo

नेपालगञ्ज भेरी अस्पताल घटना : के स्वास्थ्यकर्मीहरुले सधै कुटाइ खाने हो ?

Samachar Rekhanews १४ जेष्ठ २०७८, शुक्रबार १२:५८ मा प्रकाशित

बाँके जेठ १४ गते ।
भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मी माथि आक्रमण भएपछि आक्रमण गर्ने माथी कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले अस्पताल परिसरमा आन्दोलन गरेका छन् ।

भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर आन्दोलित स्वास्थ्यकर्मीहरुले उचित सुरक्षा व्यवस्था नभएकै कारण घटना भएको भन्दै सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

नेपाल चिकित्सक संघ लगायत स्वाथ्यकर्मीहरुका विभिन्न १५ वटा संगठनले संयुक्त विज्ञप्तिमार्फत पटक पटक सुरक्षा व्यवस्था मिलाउन गरिएको मागमा गम्भीर नभएकै कारण यो अवस्था आएको गुनासो गरेका हुन् ।

नो सेक्युरिटी नो वर्क, के स्वास्थ्यकर्मीले सधै कुटाइ खाने हो जस्ता प्लेकार्ड बिकेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा रहेका छन् ।
सोही घटनालाई लिएर विभिन्न राजनैतिक दल , तिनका भातृ संगठन, नागरिक समाजले बिज्ञप्ति जारी गरेर बिरोध गर्दै कारबाहीको माग गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?