Logo

नेपालगञ्ज मुस्लिम समाजद्वारा राहत वितरण

Samachar Rekhanews २९ बैशाख २०७८, बुधबार १७:०१ मा प्रकाशित

समीर अली बेहना,
बाँके, २९ बैशाख ।
नेपालगञ्ज मुस्लिम समाजद्वारा २०० घरपरिवारको गरिब असाहय पीडितहरुलाई राहत वितरण गरि सहयोग गरिएको छ । कोरोनाको कहरमा काम गर्न सक्ने अवस्था नभएको र भोकविलासताको सिकार भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरि सहयोग गरिएको छ । खाद्यान्न सामाग्रीमा १०केजी चावल , १ पैकेट पीठो , १ किलो चिनी, १ किलो दाल ,१ किलो नुन , १ लिटर खाने तेल र १ पैकेट सोयाबीन सहयोग स्वरूप बाँडिएको थियो । उक्त राहत सामग्री पहिलो चरणमा नेपालगंजका २०० घरपरिवारलाई वितरण गरिएको नेपालगञ्ज मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हल्वाईले बताउनु भयो ।  उहाँको अनुसार यो पहिलो चरणको राहत वितरण कार्य हो । त्यस्तै राहत वितरण कार्यमा खटिएको संस्थाका सचीव मेराज अहमद हिमालयले भन्नू हुन्छ यो ईस्लाम धर्मको पवित्र महिना रमजान चल्दैछ र कोरोना कहरका कारण कामकाज गर्न नपाएको नागरिकहरुको घरमा समस्या हुन सक्ने भएकोले खाद्यान्न सहयोग गरि समाज सेवा गरेको छौँ । उहाँले आउने दिनमा समेत यसरी नै सहयोग अरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो । हिमालका अनुसार समाजमा भएको जुनसुकै समुदायको पीडित, गरीब, ज्यामी असहायहरुले सहयोगको लागि हामी सम्पर्क गर्न सक्नु हुन्छ । उक्त राहत वितरण कार्यमा मुन्ना मंसूरी, सदस्य सारिक अली अन्य सहयोगीहरुको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?