Logo

नेपालगन्जका उपमेयर पदका उम्मेदवार राई वडा नं.१८ मा घरदैलो गर्दै

Samachar Rekhanews २१ बैशाख २०७९, बुधबार १५:३५ मा प्रकाशित

बाँके बैशाख २१ गते ।
नेपालगन्ज उपहानगरपालिकामा जसपाका तर्फबाट उपमेयर पदका उम्मेदवार कमरुद्दिन राईले चुनावी घरदैलोलाई तीब्रता दिएका छन् ।

नेपाली काँग्रेसको समेत समर्थनमा उपमेयर पदको उम्मेदवार बनेका राईले आज विहानै नेपालगन्ज उपमहानगरपालिका–१८ मा चुनावी घरदैलो गरेका छन् ।

उनीसँगै वडाअध्यक्ष पदका उम्मेदवारसहितका नेता कार्यकर्ताहरु पनि सहभागी थिए । उपमेयर पदका उम्मेदवार राईप्रतिको जनलहर बढ्दै गएको छ ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सवालमा प्रभावकारी काम गर्ने विश्वास दिलाउँदै आएका छन् । नेपालगन्ज कर्णाली र सुदूरपश्चिम प्रदेशकै पुराना सहर भएकाले यसको विकासका लागि योजनाबद्ध ढंगबाट अघि बढ्नु पर्ने उनको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?