Logo

नेपालगन्जको न्युरोड भानुभक्त चोक मा ट्रकको ठक्करबाट १८ वर्षीय साइकल चालकको मृत्यु

Samachar Rekhanews १६ पुष २०७९, शनिबार १४:४७ मा प्रकाशित

समीर अलि पुस १६ गते
नेपालगन्जको न्युरोड भानुभक्त चोक मा ट्रकको ठक्करबाट साइकल चालकको ज्यान गएको छ ।नेपालगन्ज उपमहानगरपालिका २ भानुभक्त चौक नजिकै ट्रकको ठक्करबाट साइकल चालकको मृत्यु भएको हो ।

सेतु बिक चौकबाट त्रिभुवन चौक तिर जाँदै गरेको ना ७ ख १७ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट साइकल चालक जिल्ला दैलेख नारायन नगरपालिका–५ हाल नेपालगन्ज उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको यसबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिसपी राम प्रसाद धर्तिमगरले जानकारी दिनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?