Logo

नेपालगन्जको पुष्पलाल चोक नजिकै रहेको गुल्म अगाडि भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु

Samachar Rekhanews ७ पुष २०७८, बुधबार २०:०९ मा प्रकाशित

नेपालगञ्ज, ७ पुस । बुधवार अपरान्ह नेपालगन्जको पुष्पलाल चोक नजिकै रहेको गुल्म अगाडि भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।

ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका–३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोकदेखि बागेश्वरीतर्फ गइरहेको मोटरसाइकललाई अपरान्ह साढे चार बजेतिर ठक्कर दिएपछि मोटरसाइकल चालक हमाल गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै नेपालगञ्ज शिक्षण अस्पताल पुरयाईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?