
नेपालगन्ज । बाँके प्रहरीले अटोमेटिक पेस्तोल सहित तीन जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीका अनुसार बैशाख २६ गते राती करिब साढे नाै बजेकाे समयमा नेपालगंज वडा नं-१२ स्थित किङक्रस क्लबमा पुगेका मानिसहरुले झै-झगडा गरेको र उनीहरुको साथमा हतियार (पेस्तोल) रहेको सूचनाका आधारमा पक्राउ गरेकाे हाे ।
पुगेकाे प्रहरी टोलीले क्लबमा झगडा गर्ने बर्दिया बाँसगढी नगरपालिका वडा नं-८ वस्ने २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका वडा नं- ५ वस्ने ३२ वर्षीय सागर शाह र बाँके कोहलपुर नगरपालिका वडा नं-९ का २९ वर्षीय धर्म पुनमगर पक्राउ गरेकाे हाे ।
घट्ना विवरण :-
निजहरुलाई सोधपुछ गर्दा निजहरु मध्ये सुमन रिजालले प्रहरी टोली आएको थाहा पाई निजले उक्त क्लवको भुई तलामा रहेको ट्वाईटेलमा हतियार लुकाएको भन्ने खुल्न आई ट्वाईलेट खानतलासी लिदा ट्वाईलेटको फ्लस भित्र रहेको MADE IN USA NO.-1111 लेखिएको स्वचालित हतियार थान १ (अटोमेटिक पेस्तोल) र ऐ.को म्याग्जिनमा लोड गरेको पिधमा पिनको खत भएको गोली राउण्ड-१ फेला पारी बरामद गरि निजहरुले प्रयोग गर्ने बा ११ च ८०० नं. कार लाई जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.४ स्थित चन्दननाथ होटल नजिक सडकमा पार्किङ गरेको अवस्थामा फेला पारी सो कारको समेत खानतलासी लिदा उक्त कारको चालक सटिको वाँया तर्फको सिट मुनी रहेको १७.५ ईन्च लामो खुकुरी थान १ समेत फेला पारी बरामद गरि गरेको हुँदा सो सम्बन्धमा अनुसन्धान भइरहेको छ । प्रहरीले जनाएको छ ।
प्रहरी तथ्यांक अनुसार रिजाल यसअघि कमला विश्वकर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज रिजाल समेत भएको ज्यान मार्ने उद्योग मुद्दामा मिति २०७९।०५।१५ गते पक्राउ परी धरौटी तारेखमा छुटेका थिए ।
यस्तै पुन मगर यसअघि अनिल शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज मगर समेत भएको मिति २०७४।११।१८ गते जाहेरवालाको छोरा अभिरल जंग शाहीलाई गोली हानी ज्यान मार्ने उद्योग गरेको ज्यान मार्ने उद्योग मुद्दामा तत्काल फरार रही पछि अदालतबाट धरौटी तारेखमा छुटेका थिए ।