Logo

नेपालगन्ज उपमहानगरपालिका वडा ८ का अध्यक्ष गुप्तामाथी हातपात,गर्ने तीन जना पक्राउ

Samachar Rekhanews १ असार २०७८, मंगलवार १६:०४ मा प्रकाशित

बाँके असार १ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्तामाथि हातपात भएको छ । त्रिभुवन चोकमा रहेको संगमरमर मन्दिरको रेलिङ लगाउने क्रममा स्थानीय व्यक्तिहरुले वडाअध्यक्ष गुप्तामाथि हातपात गरेका हुन् । उहाँको टाउकोमा चोट लागेको बताइएको छ ।

वडाअध्यक्ष गुप्तामाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन चोकका राजु वैश्य, गणेश वैश्य, शिव शंकर वैश्य रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनु भयो । वडा कार्यालयले मन्दिरको सुरक्षाका लागि रेलिङ लगाउने निर्णय गरेको थियो । वडा कार्यालयबाट पाँच लाख रुपैयाँ निकासा गरेर रेलिङ लगाउने काम सुरु भएको थियो ।

हातपातमा संलग्न व्यक्तिहरुले आफुहरुलाई जानकारी नदिएर वडाअध्यक्षले रेलिङ लगाउने काम गरेको दावी गरेका छन् । तर वडाअध्यक्ष गुप्ताले भने सार्वजनिक सूचना नै टाँसेर रेलिङ लगाउने काम सुरु गरिएको बताउनुभएको छ । रेलिङ नहुँदा मन्दिरमा पशुचौपायाँ गएर शौच गर्ने गरेका थिए । त्यहीबाट जोगाउन रेलिङ लगाउने निर्णय वडा कार्यालयले गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?