Logo

नेपालगन्ज उपमहानगरपालिका ३ का वडा सदस्य अन्सारीको निधन

Samachar Rekhanews ८ माघ २०७८, शनिबार १९:४६ मा प्रकाशित

माध ८ गते शनिबार
बाँके । नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर तीन शोकमा छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सदस्य एवम् नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ३ का वडा सद्स्य जाफर अन्सारीको निधन भएको छ ।

साहिल अन्सारीको बुवा जाफर अन्सारीको शनिबार साँझ ४:५० बजे ४८ बर्षको उमेरमा नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

हृदयघातका कारण जनप्रतिनिधि अन्सारीको निधन भएको परिवारिक स्रोतले जनाएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष अय्युब सिद्दिकीले जाफर अन्सारीको दुखद निधन भएको प्रति स्तब्ध बनाएको उल्लेख गर्नु भएको छ ।अन्सारीको श्रीमती एउटा छोरा र एउटा छोरी छन ।

दुःखको यस घडिमा जनप्रतिनिधि वडा अध्यक्ष अय्युब सिद्दिकि र परिवार जनमा वडा कार्यालय गहिरो समवेदना प्रकट गर्दछ। वडाले स्वर्गिय अन्सारी प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?