
नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ स्थित एकलैनी मोड नजिक गुप्ता भाडा पसलका प्रो• फुल चन्द गुता को आज आइतबार बिहान ६ बजेतिर करेन्ट लागेर मृत्यु भएको छ । घरको इनेवट्र बनाउने क्रममा करेन्ट लागेर अन्दाजी ४५ वर्षीय फुल चन्द गुप्ताको मृत्यु भएको हो ।
आइतबार बिहान करीब ६ बजेतिर घरको इनेवट्र्को तार निकालने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा नेपालगन्ज भेरी अञ्चल अस्पतालमा उनको मृत्यु भएको उनको छोरा सहिल गुप्ताले जानकरी दिए ।
उनको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार स्थानीय बुलबुलिया समसान भुमीमा आजै ४ बजे गरिने परिवारिक स्रोतले जनाएको छ
नेपालगन्ज गुप्ता भाडा पसलका प्रो• फुल चन्द गुप्ता करेन्ट लागेर मृत्यु
लोकप्रिय समाचार