
१७ श्रावण, नेपालगञ्ज । प्रहरीले प्रतिबन्धित लागु् औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. १० बस्ने २९ वर्षका दिपेश सुनाम (परियार) तथा कोहलपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष २९ का नारायण बुढाथापा रहेका छन् ।
करिब १० ग्राम ब्राउनसुगर भारतीय सीमावर्ती बजार रुपैडिहाबाट मोटरसाइकलको लुकि· ग्लासमुनि लुकाइ छिपाइ ल्याइरहेको अवस्थामा जमुनहा प्रहरी तथा लागू औषध ब्यूरोको टोलीले ती २ जनालाई पक्राउ गरेको हो ।
दिपेश सुनामले चलाएर ल्याएको कालो रङ्गको भे३प २७६२ नं.को पल्सर मोटरसाइकल शंका लागेर प्रहरीले चेकजाँच गर्दा करिब १० ग्रामजति ब्राउन सुगर जमुनहा प्रहरी तथा लागू औषध ब्यूरोको टोलीले पक्राउ गर्न सफल भएको हो ।
मोटरसाइकल सहित पक्राउ परेका ती दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जमुनहा प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी गराएका छन् ।