Logo

नेपालगन्ज जयसपुरमा दुई पक्ष वीच झडप : आधा दर्जन घाइते

Samachar Rekhanews २२ चैत्र २०८०, बिहीबार २३:३४ मा प्रकाशित

बाँक चैत २२ गते ।
नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरमा दुई पक्ष वीच झडप भएको छ । जयसपुरस्थित मनि चेन्जरको अगाडी रहेको निमको हांगा भाँचेको विषयमा सामान्य विवादले उग्ररुप लिएपछि दुई पक्ष वीच झडप भएको हो ।

झडपमा परि दुवै पक्षका एक आधा दर्जन बढि घाइते भएको प्रहरीले जनाएको छ । अन्सारी पक्ष र कुरैसी पक्ष भएको झडपमा परि कुरैसी पक्षका चार जना सख्त घाइते भएका छन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

झडपमा महबुब कुरैसी, मकबुल कुरैसी, महबुद कुरैसी र सैफ कुरैसी घाइते भएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत मोहमुद कुरैसीले सराफत अन्सारी, साविर अन्सारी, जाहिद अन्सारी र उनका भतिजाले लाठी र भाटा प्रहार गरेको आरोप लगाए ।

उनले सराफतको नेतृत्वमा आफूहरुमाथि आक्रमण भएको दावी गरेका छन् । अन्सारी परिवारका एक सदस्यले निमको हांगा भाँचेको बहाना मात्र भएको कुरैसी परिवारले स्पष्ट पारेको छ । ‘सामान्य विवादलाई ठूलो बनाएर हामीमाथि सांघातिक आक्रमण भयो,’ महबुबले भने, ‘निमको हांगा भाँचेको बहाना मात्र हो । आक्रमण सुनियोजित तरिकाले भएको छ ।’

त्यसपछि उत्पन्न विवादले उग्ररुप लिँदै झडपको स्थिति सिर्जना भएको हो । उक्त झडप पछि झण्डै तीन सय सर्वसाधारणको जमघट भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी समेत जान हिच्किचाएको स्थानीयले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?