Logo

नेपालगन्ज नगरको विभिन्न टोलमा बिहानैदेखि सुरु भयो विष्ट र राईको घरदैलो अभियान

Samachar Rekhanews १९ बैशाख २०७९, सोमबार १०:२७ मा प्रकाशित

बाँके बैशाख १९ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेस र जसपाबीचको गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले आज विहानैदेखि चुनावी घरदैलो अभियान सुरु गर्नुभएको छ ।

नगर प्रमुख पदका उम्मेदवार विष्टले अहिले विहान १० बजेदेखि घरदैलो सुरु गर्दै हुनुहुन्छ भने उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले भने विहानैदेखि नेपालगन्ज उपमहानगरपालिका–२२ मा घरदैलो गरिरहनुभएको छ ।

उपप्रमुख पदका उम्मेदवार राईले वडाबासीका समस्या सुन्दै र, ति समस्या सम्वोधनमा प्रतिबद्धता जनाउँदै घरदैलो कार्यक्रम गरिरहनुभएको हो ।

नेपालगन्जमा नगर प्रमुख पदका उम्मेदवार विष्ट र उपप्रमुख पदका उम्मेदवार राईप्रतिको जनलहर बढ्दै गएको छ । विष्ट र राई राजनीतिमा नेपालगन्जका चर्चित अनुहार हुनुहुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?