Logo

नेपालगन्ज बीपी चोकका फर्निचर उद्योगहरूमा आगलागी सात पसल जलेर नष्ट

Samachar Rekhanews २६ आश्विन २०८०, शुक्रबार ०७:५२ मा प्रकाशित

नेपालगन्जको बीपी चोक गुरुद्वारा को अगाडि फर्निचर उद्योगहरूमा आगलागी भएको छ । शुक्रबार बिहान ४:३० बजेतिर भएको आगलागीबाट सात पसल जलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगलागीबाट ७ पसलमा रहेका काठ र स्टिलका फर्निचर र नस्ता पसल तथा मोटरसाइकल ग्यारेज समेत जलेर नष्ट भएका छन् ।

आलिया टेड्रस, वार्सिक काठ फर्निचर, शानिया फर्निचर, लक्ष्मी स्टील फर्निचर, विरमान फर्निचर लगायतका फर्निचर उद्योग र चिन्टु किराना पसल जलेर नष्ट ।

नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका वारुण यन्त्र र नेपाल प्रहरी शस्त्र प्रहरी तथा स्थानीय को सहयोगले आगो नियन्त्रणमा लिएका थिए आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बाँके प्रहरीले जनाएको छ ।

यस क्षेत्रका पसलमा पटकपटक आगलागी हुँदै आएको छ अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?