Logo

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीद्धारा व्यवस्थापक समक्ष ७ बुँदे ज्ञापनपत्र

Samachar Rekhanews ९ असार २०७८, बुधबार १७:३९ मा प्रकाशित

बाँके असार ९ गते ।
नेपालगन्ज मेडिकल कलेज अन्तर्गत कोहलपुर र नेपालगञ्ज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले आज संयुक्त रुपमा कलेज व्यवस्थापन समक्ष ७ बुँदे माग पेश गरेका छन् ।

तलब, भत्ता तत्काल उपलब्ध गराउनु पर्नेदेखि बढाउनुपर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएको छ । लर्ड बुद्ध एजेकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा स्थायी, अस्थायी र करारका कर्मचारीलाई तहगत रुपमा नेपाल सरकारले तोकेअनुसारको तलवभत्ताको व्यवस्था गरिनु पर्ने उल्लेख छ ।

पोषाक भत्ता ६ हजारबाट बढाएर १२ हजार पुर्याइनुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ । मागहरुप्रति बेवास्ता गरिए बाध्य भएर चर्को आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले व्यवस्थापन पक्षलाई दिएका छन्


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?