Logo

नेपालगन्ज जैसपुर को ऐतिहासिक चहेल्लम पर्व धुमधाम का साथ आइतबार मनाइयो

Samachar Rekhanews १७ आश्विन २०७८, आईतवार २०:४८ मा प्रकाशित

समीर अलि ✍️
नेपालगन्ज – १७ असोज
सामाजिक सुरक्षाका बीच नेपालगन्ज जैसपुरको चहेल्लम पर्व आज नेपालगन्जको जैसपुरमा हर्षोउल्लासका साथ सम्पन्न भएको छ। इस्लाम धर्माबलम्बिहरूको मोहरर्म पर्व सम्पन्न भएको ४०औं दिन पश्चात मनाइने चहेल्लम पर्व आइतबार सम्पन्न भएको छ ।

शान्ति सद्भाव र जातीय भाईचाराको संदेश दिंदै सौहार्दको शहर भन्सार जैसपुरमा वर्षौंदेखि ऐतिहासिक मुस्लिम धर्मावलम्बीहरूले मनाउँदै आएका चहेल्लम पर्ब सामाजिक सुरक्षालाई मध्यनजर राख्दै सीमित मानिसहरूको सहभागिता गराएर सांकेतिक रूपमा मुस्लिम समुदायले आइतबार ताजिया बिसर्जन गरि चहेल्लम पर्ब मनाएका छन ।

चहेल्लम पर्वमा सनिवार राती हुसैंनी जुलस निकाली जैसपुर गाउँ का विभिन्न ठाउमा परिक्रमा पछि जैसपुर का जामा मस्जिद इस्माईल चौकमा करीब राती १:३० बजे भेला भई ताजिया, पर्चमे आलम र कर्बलाको झ्याकी ( ठेला ) मिलान गरि कार्यक्रम सम्पन्न भएको मलग शाह बाबा कमेटी का अध्यक्ष अकबर पठानले जानकारी दिनु भायो ।

आइतबार करीब ४ बजे भन्सार जैसपुर र बाबु गाउँ बाट निस्केको हुसैंनी जुलुस, दुलदुल, पर्चमे आलम, ताजिया, लठ्ठी प्रदर्शन र कर्बलाको झ्यांकि मिलान गरि स्थानीय चौलिका स्थित कर्बलामा ताजिया विसर्जन गरि सो पर्व सम्पन्न भएको बताए

इराक स्थित कर्बलामा युद्धका दौरान शहादत प्राप्त गरेका हजरत हसन हुसैन तथा शहीदहरुको सम्झनामा हरेक वर्ष मोहरर्म पर्व सम्पन्न भएको दिनदेखि ४०औं दिन सम्म कुरआनखानी तथा दानपुन गर्नु पर्ने विश्वास रहेको छ सो अन्तिम दिन हुसैनी जुलुस निकाली चहेल्लम पर्व मनाइने धर्मिक अगुबाहरु बताउँछन् ।

चहेल्लम पर्व इस्लाम धर्माबलम्बिहरूले मनाउने पर्व मात्र नभई हिन्दु – मुस्लिम – थारु विभिन्न जात धर्मका मानिसहरुले यो पर्व सदियौ देखि विभिन्न ठाउँ मा मनाउदैं आएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?