Logo

नेपालगन्ज वडा नं.५ को अध्यक्ष पदमा मुस्ताक अन्सारीको उम्मेदवारी घोषणा।

Samachar Rekhanews २६ फाल्गुन २०७८, बिहीबार १८:१६ मा प्रकाशित

बाँके फागुन २६ गते ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिए सँगै चुनावी गतिविधिहरु बढ्न थालेका छन् । उम्मेदवारी घोषणा सँगै मतदाता माझ भेटघाट गर्ने र आफ्ना चुनावी एजेन्डाहरु राख्नेक्रम सुरु भएको छ ।

अन्सारीले लामो समय देखि माओवादी पार्टीमा रहेर वडा वासीको दुख सुख मा साथ दिदै आउनु भएको छ। वर्तमान वडा अध्यक्षले राम्रो काम नगेरकाले आफू नेपालगन्ज उपमहानगरपालिका–५ को वडाअध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बैशाख ३० गते हुने चुनावका लागि वडा नम्वर ५ को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । समाजसेवामा सक्रिय अन्सारीले आफुनो उम्मेदवारी स्थानीय टोलबासीको दुखमा साथ दिनका लागि भएको बताउनु भएको छ ।

स्थानीय वडाको विकास, सम्बृद्धि र स्थानीय टोलबासीको पीरमर्का र समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनुभयो ।

उहाँले विगत १५ वर्षदेखि समाजसेवाको काम गर्दै आउनुभएको छ । उहाँका अनुसार त्यही कामको मूल्यांकनमा स्थानीयबासीले आफुलाई जिताउने विश्वास समेत व्यक्त गर्नुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?