Logo

नेपालगन्ज सशस्त्र प्रहरीद्वारा पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चा“दी बरामद

Samachar Rekhanews २५ माघ २०७८, मंगलवार २१:४० मा प्रकाशित

माध २५ गते
पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चा“दी बरामद
नेपालगञ्ज १६ चौलिक्का चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ३२ इके८१९६ नम्बरको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७८५ ग्राम ढिक्का ४ पिस र २ किलो ५११ ग्राम बनेको गरगहना पाउजु, औंठी गरी जम्मा ८ किलो २९६ ग्राम चाँदीसहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेबाट मंगलवार बिहान ११ बजे सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाट र गोविन्द विहारी शुक्लाको कमाण्डमा खटिएको टोलीले बरामद गरेको मोटरसाइकल र चाँदी आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।

उक्त चाँदीको मूल्य ८ लाख ६७ हजार ७ सय १५ र मोटरसाइकलको मूल्य ८० हजार गरी जम्मा भन्सार दाखिला मूल्य ९ लाख ४७ हजार ७ सय १५ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?