Logo

नेपालगन्ज स्र्पोटिङ क्लब फाइनलमा

Samachar Rekhanews २५ पुष २०७८, आईतवार २१:३६ मा प्रकाशित

नेपालगन्ज, २५ पुस
नेपालगन्ज स्र्पोटिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्र्पोटिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालगन्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर बैकल्पिक खेलाडी बिभुसन केसीको सहयोगमा विकास पुनले ६३औं मिनेटमा गोल गर्दै नेपालगन्ज स्र्पोटिङ क्लबलाई अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा बिभुसनले नैं गोल गर्दै नेपालगन्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी सुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन । प्रतियोगिता पुसको २७ गते सम्म चल्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?