Logo

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

Samachar Rekhanews २७ कार्तिक २०८०, सोमबार १४:०७ मा प्रकाशित

काठमाडौं कात्तिक २७ गते ।
सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्त रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरु बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उनले बताइन् ।

मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने बताइन् । उनले भनिन्, ‘टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ । डेडलाइन भने तोकिएको छैन ।’

भारत, क्यानडा, अफगानिस्तान, ताइवान अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क र नेदरल्यान्ड्सलगायतका देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?