Logo

नेपाल एयरलाइन्समार्फत् चिनियाँ खोप आज नेपाल ल्याइँदै

Samachar Rekhanews १८ जेष्ठ २०७८, मंगलवार १०:०८ मा प्रकाशित

काठमाडौं जेठ १८ गते ।
चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको जानकारी दिए ।

सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?