Logo

नेपाल पत्रकार महासंघ बाँके शाखाले कृषकहरुका लागि समयमै मलको ब्यवस्थापन गर्न आग्रह गरेको मन्त्री यादवलाई ज्ञापनपत्र

Samachar Rekhanews १४ जेष्ठ २०७८, शुक्रबार १५:१७ मा प्रकाशित

बाँके जेठ १४ गते ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले कृषकहरुकालागि समयमै मलको ब्यवस्थापन गर्न आग्रह गरेको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र ईन्सेक लुम्बिनी प्रदेश कार्याल्य नेपालगन्जका प्रमुख भोला महतले लुम्बिनी प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवलाई ज्ञापन पत्र बुझाउँदै किसानहरुका समस्या समाधान गर्न आग्रह गरेका हुन ।

शुक्रबार मन्त्रालय पुगेर समयमै मल तथा बिउ बिजन उपलब्ध गराउन कृषि मन्त्रीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाईएको पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारीले जानकारी दिए ।

ज्ञापन पत्रमा समयमै मल तथा बिउ बिजयनको ब्यवस्थापन हुनुपर्ने, भारतीय आयातित कृषि उत्पादनलाई नियन्त्रण गर्दै स्वदेशी उत्पादनलाई बजार ब्यवस्थापन गर्नुपर्ने, उत्पादित बिउ बिजन तथा मल भण्डारणकालागि उपर्युक्त कोल्डस्टोरको ब्यवस्थापन गर्नुपर्ने, सबै कृषकको पहुँच पुग्ने गरी कृषि अनुदानलाई ब्यवस्थित गर्नुपर्ने, कृषि एम्बुलेन्सलाई प्रभावकारी बनाउनुपर्ने लगाएतका बुँदाहरु समेटिएको भण्डारीले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?