Logo

नेपाल पत्रकार महासंघ बाँकेले पत्रकारलाई दुई लाखको दुर्घटना वीमा

Samachar Rekhanews ३ असार २०७८, बिहीबार ००:१० मा प्रकाशित

बाँके असार २ गते ।
नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारहरुलाई रु २ लाखको दुर्घटना वीमा गर्ने भएको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने उदेश्यले सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशिल रहेका अन्य पत्रकारका लागि समेत रु २ लाखको दुर्घटना वीमा (बीस हजारसम्मको उपचार खर्च सहित) गर्ने निर्णय गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

उक्त निर्णय चाँडै कार्यान्वयन गर्ने गरी प्रक्रिया थालिएको छ भने यसबाट मोफसलमा रही सन्चारक्षेत्रमा क्रियाशिल रहनुभएका बाँकेका पत्रकारलाई आइपर्ने सम्भावित जोखिम टार्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

सचिव कमल डाँगीद्धारा जारी बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ बाँकेको पहलमा हालसम्म जिल्लामा कार्यरत पत्रकारलाई कोरोना बिरुद्धको खोप लगाउन समन्वय गर्नुहुने सरोकारवाला निकायलाई हार्दिक आभार प्रकट गरिएको छ ।

कोरोना बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रही काम गर्नुभएका धेरै पत्रकार अझै पनि खोप लगाउन बन्चित हुनुभएकोले चाँडो भन्दा चाँडो खोपको व्यवस्था गरिदिनु हुन सम्बन्धित पक्षसंग जोडदार माग गर्ने निर्णय गरिएको छ।

साथै महासंघले लगातार आएको बर्षातका कारण बाढी, पहिरोको जोखिम बढेको छ । बाढीको उच्च जोखिममा रहेको बाँकेमा पूर्वतयारी गरी जनधनको रक्षा गर्न सरोकारवाला पक्षसंग अपील गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?