Logo

नेपाल प्रहरीका ४ जना एसएसपीहरूको पदस्थापन

Samachar Rekhanews १ असार २०८१, शुक्रबार ०९:४८ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको पदस्थापन गरिएको छ ।  श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, भीम बहादुर दाहाललाई कोशी प्रदेश प्रहरी कार्यालय र नान्तीराज गुरुङलाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जेठ २९ मा उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?