Logo

नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिलाई न्यूज फ्ल्यास खबरद्वार स्वागत तथा सम्मान

Samachar Rekhanews ३१ श्रावण २०८०, बुधबार २१:३५ मा प्रकाशित

नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिलाई न्यूज फ्ल्यास खबरले स्वागत तथा सम्मान गरेको छ । न्यूज फ्ल्यास खबरका प्रकाशक/सम्पादक मो. अरशद शेष राईको अध्यक्षता तथा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकालसहित सम्पूर्ण कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको हो । नवनिर्वाचित सबैलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष प्रेम केसीले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । उनले संगठनलाई सशक्त, गतिशील र चलायमान बनाउँदै अघि बढ्न आग्रह गर्दै मर्यादा र अनुशासन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी र सदस्य गौरब गिरीले सबैलाई समेटेर जुझारु ढंगले संगठनलाई अघि बढाउन नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्दै व्यवसायिक हकहित र पेशागत सुरक्षाका लागि खरो उत्रनुपर्नेमा जोड दिए । पत्रकार महासंघमा युनियनको सशक्त उपस्थितिका लागि योजनाबद्ध ढंगले काम गर्न आग्रह समेत गरे ।

नवनिर्वाचित अध्यक्ष ढकालले संगठनलाई चलायन बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै सबैलाई समेटर अघि बढ्ने बताए । स्वागत तथा सम्मानका लागि उनले न्यूज फ्ल्यास खबर परिवारप्रति कृतज्ञता व्यक्त गरे । न्यूज फ्ल्यास खबरका सम्पादक राईले नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै बधाई ज्ञापन गरे । उनले सफल कार्यकालको शुभकामना दिए । सूर्यलाल यादवले सञ्चालन गरेको कार्यक्रममा सन्तोषकुमार गुप्ताले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?