Logo

नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशन भोलि नेपालगन्जमा हुने

Samachar Rekhanews ६ भाद्र २०८०, बुधबार २३:४६ मा प्रकाशित

नेपालगन्ज, ६ भाद्र – नेकपा एमाले सम्वद्ध नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । बिहिवार नेपालगन्जको विपी चोकस्थित सिएसटी होटलमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गर्नुहुने भएको छ ।

ईत्तेहाद संगठनले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट प्रतिनिधी र पर्यबेक्षक गरि दुई सय जनाको सहभागिता रहने जनाएको छ ।

पत्रकार सम्मेलनमा इत्तेहादका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य सेराज फारुकीले नेपालको राष्ट्रियता बलियो बनाउन मुस्लिम समुदाय सधै सचेत रहँदै आएको बताउनुभयो । संगठनका केन्द्रीय उपाध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुनले सामाजिक सद्भाव अभिवृद्धि र आर्थिक समृद्धिका लागि सम्मेलन ऐतिहासिक हुने दावी गर्नुभयो ।
संगठनका प्रदेश अध्यक्ष शकील अहमद खानले प्रतिनिधित्वको हिसावले प्रदेशका १२ जिल्लालाई क, ख र ग वर्गमा विभाजन गरिएको जानकारी दिनुभयो । अधिवेशनका लागि प्रतिनिधी र अतिथीहरु नेपालगन्ज आउने क्रम सुरु भईसकेको छ । अधिबेशनको तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराउँदै भने उदघाटन सत्र ११:३० बजे हुने आयोजकले जनाएका छन् ।

नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशन भोलि नेपालगन्जमा हुने

लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?