
नेपालगन्ज / ईश्रद्धा न्यूज डटकका संञ्चालक शिवंम गुप्तालाई पितृ शोक परेको छ । पुज्जनिय बुबा बिस्नु प्रसाद बनियाको ५४ वर्षको उमेरमा हिजो असमायिक निधन भएको हो ।
बिगत लामो समयदेखि केन्सर बिरामी अस्वस्थ रहनुभएका बुवाको बुधबार दिउँसो करीब १ बजेतिर उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बिस्नु प्रसाद बनियाका १ छोरी र २ छोरा छन ।
बुवालाई अन्तिम श्रद्धाञ्जली दिन नातागोता, इष्टमित्रहरु तथा नेपालगन्ज उपमहानगरपालिका वडा न: ६ का वडा अध्यक्ष समीर प्रताप सिह र नेपालगन्जका विभिन्न मिडिया साथी लगायत तमाम सन्चारकर्मीहरुको ठूलो भिड रहेको थियोे ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै समाचार रेखा न्युज डटकम परिवार ईश्वरसंग प्रार्थना गर्दछ ।