Logo

पर्यटन प्रबर्द्धनको लागि छलफल गर्दै प्रदेश सभा सदस्य : चौधरी

Samachar Rekhanews १६ मंसिर २०७९, शुक्रबार २१:२२ मा प्रकाशित

मंसिर १६,२०७९ शुक्रबार
सरला सुबेदी
कोहलपुर ।बाँके क्षेत्र नम्बर १ प्रदेश (ख) बाट निर्वाचित भएका दुर्गा प्रसाद थारु सपथ ग्रहण नगर्दै बिकासका काममा लागिपरेका छन् ।
निर्वाचित भए लगत्तै केही दिन मतदातालाई धन्यवाद ज्ञापन गर्न व्यस्त भएका उनी अब भने आफ्नो क्षेत्रको बिकासका निम्ति विभिन्न निकायमा पुग्न थालेका छन् ।

आफू नबदलिने तर आफ्नो ठाउँलाई बदल्ने प्रतिबद्धता सहित निर्वाचनमा होमिएका चौधरी निर्वचित भए लगत्तै आफ्नो प्रतिबद्धता पूरा गर्न विभिन्न निकायमा पुगेर समस्या अनि समाधानको लागि सम्बन्धित ठाउँमा पुग्ने गरेका छन् ।
यसै क्रममा आज शुक्रबार उनी आफ्नो क्षेत्रको आन्तरिक पर्यटन विकासको निम्ति चिडियाखाना संचालन र थारु संस्कृति संरक्षण लगायत अन्य धर्म जातजाति र धर्मको संस्कृति समृद्धि र प्रवद्धनको निम्ति कोहलपुरमा रहेको पर्यटन डिभिजनका सह सचिव/प्रमुख दिनेश अधिकारी संग भेटघाट गरि छलफल गरेका छन् । छलफल पछि यी यस्स क्षेत्रको पर्यटन बिकास र धर्म सस्कृतिको सरक्षणमा सकारात्मक धारणा पर्यटन कार्यलयबाट आएको जानकारी समेत गराएका छन्


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?