समाचार रेखा प्रतिनिधि जाबेद गद्दी
गुलरिया नगरपालिकाको वडा नं. ४ को खुल्ला सदस्य पदमा निर्वाचित भएका एक जनालाई विजयी घोषणा गरेर पछि पराजित घोषणा गरिएको छ ।
गुलरिया नगरपालिकाको वडा नं. ४ का अजमेर अली नाउ नेकपा एमालेबाट खुल्ला सदस्य पदमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेपछि उनका समर्थकले विजयी जुलुस पनि निकालेका थिए तर केहि घण्टापछि उनी पराजित भएको घोषणा गरियो ।
समाचार रेखाका बर्दिया प्रतिनिधि जावेद गद्दीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेसका इसराइल नाउलाई १ हजार १ सय ४६ मतले निर्वाचित गराइयो, म पराजित थिएँ भने मलाई निर्वाचित किन घोषणा गरियो ।’
उनले भने, धाँधली गरेर कांग्रेसका उम्मेदवारलाई विजयी गराइयो । यसबाट मेरो साह्रै बेइज्जती भएको छ ।’ यदि मत गणना गर्ने कर्मचारीको लापरवाही हो भने मत गणकहरुमाथि कारवाही हुनुपर्ने उनले बताए ।
यदि यो मत गणना गर्ने कर्मचारीहरुको लापरवाही हो भने यस्तै प्रकारको लापरवाही उनीहरुले अन्य उम्मेदवारको मत गणना गर्ने समयमा पनि गरेकै हुनुपर्छ ।
अन्य जति पनि उम्मेदवारहरु विजयी अथवा पराजित भएका छन् ती सबै उम्मेदवारहरुको मत गणना पुनः गरिनुपर्ने उनले बताए ।