Logo

पाटे बाघको छाला सहित १ जना पक्राउ

Samachar Rekhanews ७ चैत्र २०८०, बुधबार १९:३० मा प्रकाशित

७ चैत, नेपालगञ्ज । दुर्लभ पाटे बाघको छाला सहित १ जना पक्राउ परेका छन् ।
नेपालगञ्ज–२ पुष्पलाल चोकमा रहेको होटल रोयल महाबुबमा दुर्लभ पाटेबाघको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले सो पाटेबाघको छाला बरामद गरेको हो ।
होटलको तलासी लिने क्रममा तेस्रो तलाको १०१ नं. कोठामा भाडामा लिई बसेको जिल्ला सुर्खेत बराहाताल गाउँपालिका वडा नं. २ पाक्मा बस्ने बर्ष २८ को चन्द्र बहादुर कार्कीले हरियो कालो रङको झोलामा लुकाई छिपाई राखेको अवस्थामा पाटे बाघको छाला प्रहरीको टोलीले बरामद गरेको हो ।
बरामद छालाको नाप लिँदा लम्बाई ५ फिट ९ ईन्च र चौडाई ३ फिट २ इन्च भएको पाटे बाघको छाला सहित कार्कीलाई नियन्त्रणमा लिइएको हो ।
निज कार्कीलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान एवं कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी गराएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?