Logo

पानी नपर्दा कृषकलाई कृषि गर्न चुनौती

Samachar Rekhanews २ श्रावण २०७८, शनिबार ११:३१ मा प्रकाशित

समीर अली बेहना,
बाँके, २ साउन ।
बाँकेमा पानी नपर्दा कृषकहरुलाई धान मकै तिल लगायतको बाली जोगाउन समस्या भएको छ । पानी नपर्दा कृषकहरुले लगाएको धान, मकै, तिल, अरहर र तरकारीहरु सुक्ने अवस्थामा पुगेका छन् ।

पानीको अभावले सुक्न लागेको धान, मकै, तिल अरहर र तरकारी जोगाउन कृषकहरुले पम्पीसेट राखेर खेत सिचाइ गरेको छन् । समयमा पानी नपाए धानको उत्पादनमा कमि आउन सक्ने कृषकहरुले बताउँछन् ।

धान, मकै, तिल, अरहरको बिउ छर्दा समेत पानीको अभावबाट कृषकहरुलाई ग्रसित हुनु परेको थियो । जेष्ठ १५ देखी कृषकहरुले बिउ बिजनको काम सुरु गरिसकेको थिए । केहि कृषकले वर्षाको प्रतीक्षा गर्दै जाँदा बिउ छर्न ढिलाइ भएको थियो भने केहिले नदि नाला ताल तलैयाबाट खेत सिचाइ गरेर समय मै बीउ छर्न सफल भएको छन् ।

बिउ छरेको कृषकहरुले बताउँछन् , कोरोना कहरमा बिउ र खाध जुटाउन विभिन्न समस्याहरुको सामना गर्नु परेको थियो । जसोतसो धान रोप्न सफल भएपनी अहिले पानीको समस्या हाम्रो लागि एउटा चुनौती नै बनेको छ ।

खेत नजिक ताल तलैया भएका कृषकहरुले खेत सिचाइ गर्न पम्पीसिटबाट भएनी धान जोगाइ रहेको छन् । जबकी ताल तलैया नदि नाला उपलब्ध नभएको कृषकहरुलाई धान माकै तिल लगायतको बाली जोगाउन निकै कठिनाइ भएको छ ।

वडा नम्बर २२ पुरैनामा खेत भएको एक जना कृषक, ` दिनानाथ यादवलए बताए कि वर्षाको प्रतीक्षा गर्दै बसेको छौँ हामी , दैवले हामी माथी आफ्नो कृपा बनाएन भने यसपटक उत्पादनमा कमि आउन सक्छ । मेरो ६ बिगाहा जमीनको खेती छ, पुरै जमीनमा धान लगाएको छु ।

कृषि बाहेक अन्य कुनै पेशा नरहेकोले कृषि मै निर्भर छु ।´
त्यस्तै अकबर साईंले भन्नू हुन्छ, ` पानी नपर्दा बिरुवाको विकास स्थिर भएको छ । यो महिना सम्म लगाएको बिरुवाहरुको उचाई २ फिटसम्म पुग्ने गर्थ्यो तर यसपालि पानीको कमिले १ देखि ३/२ फिटसम्म मात्र भएको छ । यस्तै अवस्था रहयो भने खेती गरेको अर्थ रहंदैन ।,

वर्षाको कारण प्रभावित भएको कृषकहरुले बाली जोगाउन निकै संघर्ष गरेको देखिन्छ । उनीहरुको अनुसार एक बिगाहा खेत सिचाइ गर्न ठुलो खर्च आउने गर्छ । लगानी गरेको पैसा बराबर पनि उत्पादन भएन भने कृषि गर्नुको कुनै फाइदा हुँदैन त्यसैमा सरकारले कृषकहरुको हकमा सहि समयमा सेवासुविधा समेत पुर्‍याएको हुँदैन ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?