Logo

प्रेस चौतारी बाँकेकाे साधारणसभा बैशाख १७ गते नेपालगन्जमा हुने

Samachar Rekhanews १२ बैशाख २०८०, मंगलवार १९:२२ मा प्रकाशित

नेपालगन्ज – प्रेस चौतारी बाँकेकाे साधारणसभा यहीँ बैशाख १७ गते नेपालगन्जमा हुने भएको छ । मंगलवार अध्यक्ष दुर्गा राेकायकाे अध्यक्षतामा बसेकाे कार्यसमितिको बैठकले नेपालगन्ज उद्योग वाणिज्य संघकाे हलमा साधारणसभा गर्ने निर्णय गरेकाे हाे । उक्त साधारणसभाकाे उद्घघाटन केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्नुहुने छ ।

साधारणसभामा बाँकेकाे पत्रकारिताकाे चुनौती र अवसर,संगठन सुदृढीकरण लगायतका बिषयमा बृहद छलफल हुने अध्यक्ष राेकायले बताउनुभयो । उहाँका अनुसार, साधारणसभा भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी शुरु गरिएको छ । मंगलवारनै बसेकाे बैठकले लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्को सदस्य मनाेनीत हुनुभएकोमा केन्द्रीय सदस्य एवं प्रदेश सह-इन्चार्ज रुद्रप्रसाद सुवेदी ,प्रदेश समिति सदस्य सरला सुवेदीलाई हार्दिक बधाईका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकाे छ । बैठकले सगरमाथा गन्तव्य दैनिकमा कार्यरत पत्रकार आशा परियारलाई कार्यसमिती सदस्यमा मनाेनित गरेकाे सचिव कमल डाँगीले जानकारी दिनुभयाे ।

बैठकमा प्रेस चौतारी केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज भेषराज बस्नेत,संगठनकाे निर्वाचन आयोग सचिव गाेविन्द प्रसाद शर्मा,पुर्ब केन्द्रीय काेषाध्यक्ष अक्षरी पाेखरेल,केन्द्रीय सदस्य शकिल अहमद कादरी,बिश्वराज पछल्डङ्या, अनुशासन आयोग सदस्य बिष्णु वेलवासे, केन्द्रीय सदस्य रुपा गहतराज,रुपनी जिएम, प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, प्रदेश सदस्य सरला सुवेदी,खम्बप्रशाद पुन, पबित्रा परियार लगायतकाे सहभागिता थियाे भने उहाँहरुले संगठन सुदृढीकरणका लागि आवश्यक सल्लाह सुझाव दिनुभएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?