
सरला सुवेदी
कोहलपुर । स्थानीय निकायको आसन्न निर्वाचन नजिकिँदै जाँदा कोहलपुरको चुनावी सर्गर्मी बढेको छ भने चुनावी नतिजाका बारेमा विभिन्न कोणबाट पुर्वानुमान समेत भईरहेका छन्।
कोहलपुर नगरपालिकाको स्थानीय निर्वाचनमा आफ्नो पार्टीका मेयर उमेद्वारनै बिजयी हुने र नगरपालिकाको नेतृत्व प्राप्त गर्ने तिनै ठुला राजनैतिक दलहरुको दावी रहेको छ।
कोहलपुरको गत स्थानीय तह निर्वाचनमा मेयर पदमा जित हासिल गरेको नेकपा एमालेले आफ्नो बलियो सांगठनिक संरचना भएको, तथा लामो समय देखी पार्टी र जनतामाझ रहेर मन जित्ने कार्यहरु गरेका जुझारू युवा नेता खिल प्रसाद भुषाललाई उमेद्वार बनाएको, आफ्नो पार्टिमा कुनैपनी अन्तर्द्वन्द तथा असन्तुष्टि नरहेको, उपमेयर पदमा समाबेशी सिद्दान्तलाई अँगिकार गरी एक शिक्षित थारु युवा महिलालाई उमेद्वार बनाएको तथा राष्ट्र व्यापीरुपमा समेत नेकपा एमालेप्रती जनलहर बढेको लगायतका आधारमा मेयर तथा उपमेयर दुवै पदमा नेकपा एमालेका उमेद्वार बिजयी हुने दाबी गरेको छ। साथै नेपाली काँग्रेसमा भएको अन्तर्द्वन्द, नेपाली काङ्ग्रेसमा केहि समय अघिसम्म आबद्द एक चर्चित व्यवसायी देवानन्द अर्याल मेयर पदमै स्वतन्त्र उमेद्वार भएको र अर्का काङ्ग्रेसका युवानेता भोलानाथ शर्मा तथा माओबादी केन्द्रको कमजोर सांगठनिक संरचनाका कारण यस पटक थप धेरै मतान्तरले नेकपा एमाले बिजयी हुने नेकपा एमालेका एक नेताले बताए।नेकपा एमालेका अर्का एक नेता भन्छन्, “एमालेका मेयरका अन्य दुई दाबेदारहरु गोपाल गिरी र बसन्ती अधिकारीको पार्टीको चुनाबी अभियानमा देखीएको सकृयताले पार्टीको जित थप सुनिश्चित छ।“
त्यसै गरी गत स्थानीय तह निर्वाचनमा मेयर पदमा निकटतम प्रतिद्वन्दि रहेको नेपाली काँग्रेस भने यस पटक जुझारू युवा नेता पुर्णप्रसाद आचार्यलाई उमेद्वार बनाएको र आफ्नो संगठन थप बलियो भएकोले मेयर तथा उपमेयर पदमा आफ्ना उमेद्वारहरु बिजयी हुने दाबी गरेको छ। नेकपा एमालेले अघिल्लो निर्वाचनमा पालो पाईसकेकोले यस पटक आफ्नो पार्टिले अवसर पाउने दाबी गर्दै पार्टी भित्रको अन्तर्द्वन्दले नकारात्मक प्रभाव नपारेमा नेपाली काङ्ग्रेसको जित सुनिश्चित भएको नेपाली काँग्रेसका एक नेताले बताए।
त्यसै गरी गत स्थानीय तह निर्वाचनमा मेयर पदमा केही थप लोकप्रीय मत सहित तेस्रो भएका पुनः माओबादी केन्द्रका तर्फबाट मेयरका उमेद्वार नरेन्द्र न्यौपाने एक जुझारू युवा नेता भएको, थप सांगठनिक सुधार भएको र नेकपा समाजबादी संग गठबन्धन समेत भएकोले यसपाली आफ्नो जित सुनिश्चत भएको नेकपा माओबादीको दाबी छ।नेकपा एमालेको पहिलेको मत नेकपा समाजबादीले काट्ने र नेपाली काँग्रेसको अन्तर्द्वन्दका कारण आफ्नो पार्टीले जित हासिल गर्ने एक माओबादी केन्द्रका नेताले बताए।
फुटमा भन्दा जुटमा शक्ति धेरै भएको र आफु उम्मेदवार हुन नपाउदा पनि राजनीति हो कहिले अघि त कहिले पछि ढिलो चाढो समय पक्कै आउछ भनेर दिनरात आफ्नो पाटिको उम्मेदवार लाई जिताउन लागेको बताउछ्न नेकपा एमालेका प्रदेश कमिटी सदस्य गोपाल गिरि उनी मेयर पदमा आकक्षी थिए। उनी भन्छ्न हामी काङ्ग्रेसमा जस्तो टिकट नपाउदा तालाबन्दी गर्ने अनि उम्मेदवारका बिरुद्ध भ्रामक कुरा फैलाउदै हिढ्ने ।
यस्तै मेयर पदकै आकक्षी नेकपा एमाले प्रदेश कमिटी सदस्य बसन्ती अधिकारी पनि दिनरात आफ्नो स्वास्थ अवस्था खराब हुँदा पनि नेकपा एमालेका उम्मेदवार लाई अत्याधिक मतले बिजयी गराउ भन्दै लागिपरेकी छिन् । उनी पनि फुटमा भन्दा जुटमा रमाउने असल र कुशल नेतृत्व गर्न सक्ने सबैकी प्रिय नेता हुन् ।
“यसपाली मुख्य सबै पार्टीका तर्फबाट भएका मेयरका उमेद्वारहरु साथै स्वतन्त्र उमेद्वार समेत सबै युबा र लोकप्रिय ब्यक्तिहरु भएकोले सांगठनिक संरचना, पार्टी भित्रको अन्तर्द्वन्द, र स्थानीय आदिबासिहरु (थारु जातिहरु) को मत जित हारको लागी निर्णायक हुनेछ” कोहलपुरका एक बुद्दिजिवीले बताए।यस कुराको सबै कोणबाट बिश्लेषण गर्दा, नेकपा एमालेमा मेयर पदमा खिल प्रसाद भुषाल तथा उपमेयर पदमा अस्मिता कुमारी थारुको जित सुनिश्चित छ भन्न खोज्नु भएको हो? भन्ने प्रश्नको उत्तरमा उनले बताए “अब ३० गतेको निर्वाचन र त्यसपछिको नतिजा नै पर्खदा उत्तम होला।“