Logo

बकरीद पर्वको अवसरमा आइतवार सार्वजनिक विदा

Samachar Rekhanews २२ असार २०७९, बुधबार १९:५२ मा प्रकाशित

२२ असार, नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व ईद–उल–अजहा अर्थात बकरीदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकरीदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मुस्लिम आयोगको अनुरोधमा असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन् ।
‘ईद–उल–जोहा’ अथवा ‘ईल–उल–अजहा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले बकरीद पर्व मनाउने गर्छन् । ईस्लाम पात्रो ’हिजरी सम्वत’ अनुसार नयाँ वर्षको ’जिल हिज्जा’ महिनाको १०औं दिन यो पर्व मनाइन्छ ।
यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । नमाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (बली) दिने परम्परा छ । बली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ ।
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो । कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?