Logo

बढैयाताल गाउँपालिकामा दादुरा रुवेला खोप लगाउन सुरु

Samachar Rekhanews २३ माघ २०७९, सोमबार २३:०८ मा प्रकाशित

बर्दिया । बाँकेसंग सीमा जोडिएको बर्दिया जिल्लामा पनि दादुरा रुवेलाका विरामी भेटिए पछि बिश्व स्वास्थ्य संगठनको प्रत्यक्ष निगरानीमा खोप लगाउन सुरु गरिएको छ ।जिल्लाको गुलरिया नगरपालिका २ मा १ जना र बढैयाताल गाँउपालिकामा ४ जना, राजापुर नगरपालिकामा १ जना र बारबर्दिया नगरपालिकामा १ जना गरी जम्मा ७ जनामा दादुरा रुवेला देखिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।

बढैयाताल गाँउपालिकाको १ मा १३ बर्षिय बालिका, १ वर्षिय बालक, वार्ड न २ मा १ वर्षिय बालक र वार्ड न ७ मा ३५ वर्षिय महिलामा दादुरा रुवेला देखिएको छ ।

यसैगरी राजापुर नगरपालिका ४ मा १३ बर्षिय बालिका र बारबर्दिया नगरपालिका ८ औरीमा १३ महिना बालिकामा दादुरा देखिएको हो । विरामी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले प्रभावित वडाहरुमा आइतवारबाट खोप अभियान संचालन गरिएको बताउनु भयो । गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले थप केहि दादुराको लक्षण देखिएकाको स्याम्पल संकलन गरिएको बताउनु भयो

बर्दियामा १३ महिनाकी बालिका सहित ३५ वर्षिया महिलामा दादुरा रुवेलाको विरामी देखिएपछि स्वास्थ्यकर्मि सर्तक बनेका छन् । दादुराकै कारण बाँकेमा ३१ महिने बालकको मृत्यु भएपछि थप जोखिम बढेको स्वास्थ्यकर्मिहरुको भनाई रहेको छ । एउटा टोल वस्तीमा ५ जना सम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ ।

बढैयातालका संक्रमित बालबालिकाहरूलाई विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति रमन पाल लगायतका स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरी भिटामिन ए क्याप्सुल लगायतका औषधि उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले जानकारी दिनु भयो । सरकारले सन २०२३ सम्मलाई दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?