Logo

बर्दियाका दलहरुद्धारा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता

Samachar Rekhanews १७ बैशाख २०७९, शनिबार १४:०८ मा प्रकाशित

बर्दिया, बैशाख १७ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बालबालिकाहरुको प्रयोग हुन नदिने र बालअधिकार उल्लंघन हुनबाट रोक्ने प्रतिवद्धता बर्दिया जिल्लाका राजनितिक दलहरुले गरेका छन् ।

प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियान, बाँके युनेस्को क्लब, साथी संस्था, बी ग्रुप, गेरुवा ग्रामिण जागरण समाज, स्याक नेपाल र थारु महिला उत्थान केन्द्र लायतका संघ, संस्थाहरुको संयुक्त आयोजनामा बर्दियामा आयोजना गरिएको कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।

सो कार्यक्रम बालविवाह, चाडै विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको थियो ।
जिल्लाका राजनितिक दल तथा विभिन्न सरोकारवालाहरुसँग स्थानीय निर्वाचन र बालबालिकाहरुका सवालहरु बिषयक गरिएको अन्तरक्रिया कार्यक्रममा सबै दलले सो प्रतिवद्धता व्यक्त गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले प्रमुख र प्रतिनिधिहरुले पाँच बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग हुन नदिने तथा बालअधिकार उलंघन समेत हुन नदिने प्रतिवद्धता जनाएको बताउनुभयो ।

पाँच बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नेहरुमा गुलरिया नगरपालिकाका कार्यवाहक मेयर सुशिला गिरी, नेकपा एमालेका अंगद श्रेष्ठ, नेपाली काँग्रेसका सुधान्सु प्रकाश शर्मा, राष्टिय प्रजातन्त्र पार्टीका प्रभा केसी, नेकपा एसका बखत खड्का र माओवादी केन्द्रका अरविन्द बहादुर रहनु भएको छ ।

पाँच बुँदे प्रतिवद्धता पत्रमा बालबालिकालाई प्रचार प्रसारमा नलगाइने, विद्यालयमा राजनितिक दलको कुनैपनि कार्यक्रम नगर्ने, बालबालिकालाई प्रत्यक्ष असर पुग्ने कुरा भाषणमा नबोल्ने र बालबालिकाको अधिकार हनन् हुने कुनै पनि काम नगर्ने प्रतिवद्धताहरु गरिएका छन् ।

गुलरिया नगरपालिकाका कार्यवाहक मेयर सुशिला गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा खास गरी निर्वाचन आचार संहिता २०७८ मा भएका बालबालिका सँग सम्बन्धित मुख्य प्राबधानहरुको सम्बन्धमा ब्यापक रुपमा छलफल भएको थियो ।

त्यसै गरी सथानीय निर्वाचनमा हुन सक्ने बालअधिकार उल्लंघनका घटनाहरुको अनुगमनका लागि एउटा स्वतन्त्र संयन्त्र गठन गरी अनुगमन गर्नुपर्ने आबश्यतामा पनि छलफल भएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बताउनुभयो ।

कार्यक्रमको संचालन गुलरीया नगरपालिकाका महिला तथा बालबालिका प्रमुख शिला शाहले गर्नुभएको थियो भने उक्त अन्तरक्रियाको सहजीकरण बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियानका अध्यक्ष राजेन्द्र शार्माले गर्नु भएको थियो


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?