Logo

बर्दियाका नागरिक समाजका संस्थाहरुको अवस्था मुल्यांकन कार्यशाला सम्पन्न

Samachar Rekhanews २७ श्रावण २०७८, बुधबार १९:०७ मा प्रकाशित

नेपालगन्ज, साउन २७ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र राजापुर नगरपालिकामा रहेका नागरिक समाजका संस्थाहरुको अवस्था मुल्यांकन गर्न कार्यशाला गोष्ठिको आयोजना गरेर अवस्था मुल्यांकन गरेको छ ।

क्लबद्धारा प्लानको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।

बर्दियाको गुलरिया र राजापुरमा रहेका नागरिक समाजका संस्थाहरुलाई बाल बालिका र किशोरीहरुको सवालमा पैरवी गर्न सक्षम बनाई सरकारले सन २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लिएको लक्ष्यमा सहयोग पुरयाउन सो कार्यशाला गोष्ठिको आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले दुबै पालिकामा रहेका नागरिक समाजका संस्थाका अगुवाहरुलाई सो कार्यशाला मार्फत वाल विवाह न्युनिकरण, बाल संरक्षण र बाल अधिकारका लागि गर्नु पर्ने तथा भए गरिएका कामहरु बारे जानकारी गराईएको बताउनुभयो ।
सोही प्रकारको कार्यशाला बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा पनि आयोजना गरिने क्लबले जनाएको छ ।

सो कार्यशालामा नागरिक समाजका संस्थाहरुको वर्तमान अवस्था मुल्यांकन गरेर वालविवाह न्युनिकरणका लागि गर्नु पर्ने पैरवी तथा कामका बारेमा विस्तृत रुपमा जानकारी गराईएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

कार्यशालामा गुलरिया नगरपालिकाबाट दलित महिला सञ्जाल र राजापुर नगरपालिकाबाट युवा महिला सञ्जालमा आवद्धहरुको सहभागिता रहेको थियो ।

कार्यशालाको सहजीकरण बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत शान्त चौधरीले गर्नुभएको थियो ।

पालिकाहरुले तयार पारेको बालविवाह न्युनिकरण रणनिति योजना, बाल संरक्षण निति, बाल अधिकार कार्यनिति, वाल विवाह अन्त्यका लागि स्थानीय सरकार र नागरिक समाजसञ्जालले तयार गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न कार्याशालाले ठुलो सहयोग पुग्ने जनाईएको छ ।
सो कार्यशालामा नागरिक समाजका संस्थाहरुका प्रतिनिधिहरुले बालविवाह न्युनिकरणका बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?