Logo

बर्दियाका बालअधिकार समिति, न्यायिक समिति र शिक्षकलाई मनोसामाजिक परामर्श तालिम

Samachar Rekhanews ७ भाद्र २०७८, सोमबार २२:०८ मा प्रकाशित

नेपालगञ्ज, भदौ ७ । बाँके युनेस्को क्लबले बर्दियाका चारवटा पालिकाका बालअधिकार समिति, न्यायिक समिति र शिक्षकहरुका लागि आयोजना गरेको मनोसामाजिक परामर्श तालिम सम्पन्न गरेको छ ।

प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले आयोजना गरेको सातदिने मनोसामाजिक परामर्श तालिमको सोमवार समापन भएको छ ।

बर्दियाको बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिका गरेर चारवटा पालिकाको बालअधिकार समिति, न्यायिक समिति र शिक्षकहरुका लागि सञ्चालित उक्त तालिममा १४ जनाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै मधुवन नगरपालिकास्थित शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक एलिजा जिसीले तालिममा सिकेका कुराहरु विद्यालयमा लागू गर्नुका साथै विद्यालयको स्थानीय पाठ्यक्रममा पनि समावेश गर्ने जनाउनुभएको छ ।

बाँके युनेस्को क्लबका मुख्य संरक्षक प्रवेज अली सिद्धिकीले यस्ता तालिमले बालअधिकार संरक्षण लगायत न्यायिक प्रक्रिया तथा शिक्षकहरुलाई काम गर्न सहज हुने बताउनुभयो ।

बाँके युनेस्को क्लबका कार्यवाहक अध्यक्ष पन्चम गुरुङको अध्यक्षतामा सम्पन्न सात दिने तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपािलकाका न्यायिक समितिका सदस्य प्रशान्त विकले सात दिने तालिम निकै प्रभावकारी भएको र यसलाई स्थानीय तहमा अझ प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि स्वास्थ्य स्वयंसेविका युवा क्लवका सदस्यहरु त्यसैगरी स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि मनोसामाजिक परामर्श बारे व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।

तालिमका प्रशिक्षक वीर बहादुर हमालले सहजीकरण गर्नुभएको सो सातदिने मनोसामाजिक परामर्श तालिमको समापन समारोहमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा क्षेत्रिले प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबले बर्दियामा सञ्चालन गरेका कार्यक्रमहरु निकै सफल र फलदायी भएको जनाउँदै कार्यक्रमको बारेमा समेत जानकारी गराउनुभएको थियो ।
सो तालिमको समापन कार्यक्रममा क्लबका कार्यक्रम अधिकृत इश्वर बीक लगायतको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?