Logo

बर्दियाको मधुवन नगरपालिकाका दुई वडामा युनेस्कोद्धारा बालअधिकार समिति गठन

Samachar Rekhanews १७ श्रावण २०७८, आईतवार २०:२६ मा प्रकाशित

नेपालगञ्ज, साउन १७ ।
बर्दिया जिल्लाको मधुवन नगरपालिकाको दुई वटा वडामा १५–१५ सदस्यीय बालअधिकार समिति गठन गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

क्लबले प्लान इन्टरनेसनल नेपालको सहयोगमा मधुवनमा सञ्चालन गरेको बाल संरक्षण परियोजना अन्तर्गत बालबालिकाको हकअधिकार लगायत बाल संरक्षणका लागि वडा नम्बर ७ र ८ मा १५–१५ सदस्यीय बालअधिकार समिति गठन गरेको क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

वडा नम्बर ८ मा वडा अध्यक्ष विजय कुमार रानाको संयोजकत्वमा गठन गरिएको बालअधिकार समितिका सदस्यहरुमा वडा सदस्यहरु लक्ष्मी विक, विरमी सुनारनी, प्रेम बहादुर खत्री, अमृत विसी, स्थानीय प्रहरी लाल बहादुर साउदलगायत ललिसरा वली, विशाल राजी, भविसरा बुढा, अनिष थारु, ईशा सापकोटा, नोखी डाँगी, हरिबहादुर सुनार, दुर्गा भुषाल र सदस्य सचिवमा मित्रा तिवारी पराजुली रहनु भएको छ ।

यस्तै वडा नम्बर ७ मा वडा अध्यक्ष राजेन्द्र हमालको संयोजकत्वमा गठन गरिएको बाल अधिकार समितिको सदस्य सचिवमा प्रतिमा लामिछाने रहनु भएको छ भने सदस्यहरुमा मनिष क्षेत्री, यु कुमारी बैगार, फुदनिया चौधरी, लिलावति काफ्ले, विमला विश्वकर्मा, शारदा थापा, दधिराम पौडेल, नयाराम कार्की, रमा क्षेत्री, नैनसरा नेपाली, अशोक टमटा र प्रेम बहादुर टमटा रहनु भएको छ ।

दुबै वडामा बालअधिकार समिति गठन गर्न भेलाहरु आयोजना गरिएको थियो । सोही भेलाबाटै दुबै वडामा वडा अध्यक्षहरुको संयोजकत्वमा १५–१५ सदस्यीय बालअधिकार समिति गठन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

बालअधिकार समितिनै गठन गरिएपछि अब मधुवन नगरपालिकाको दुबै वडामा बाल अधिकारको संरक्षणका लागि धेरै काम गर्न सक्ने वडा अध्यक्षहरुले जनाएका छन् ।
बालअधिकार समिति गठन गर्न आयोजना गरिएको भेलामा वडाका सबै सरोकारवालाहरुको उपस्थिति र सहभागिता रहेको परियोजनाका कार्यक्रम अधिकृत ईश्वर विकले बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?