Logo

बर्दियामा बालविवाह अन्त्यका लागि नितिगत तथा कानुनी व्यवस्थाबारे भर्चुअल बैठक

Samachar Rekhanews १० भाद्र २०७८, बिहीबार २०:१२ मा प्रकाशित

नेपालगञ्ज, भदौ १०
बाँके युनेस्को क्लबले बाल विवाह अन्त्यको लागि सन् २०३० सहितको रणनीतिक लक्ष्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राथमिकता, नीतिगत तथा कानुनी व्यवस्था, चालु पन्ध्रौ योजना लगायतका विषयमा गुलरियामा भर्चुअल बैठक सम्पन्न गरेको छ ।

बाँके युनेस्को क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो बैठक गरिएको हो ।

कोरोनाका कारण भर्चुअल रुपमा आयोजना गरिएको सो बैठकको उद्देश्य स्थानीय सरकार, बालअधिकार समिति, नागरिक समाज तथा गैर सरकारी सस्थाको प्रगती समिक्षा, बाल विवाह अन्त्यका लागि स्थानीय सरकारको नीतिगत तथा कानुनी र बजेट कार्यक्रमिक व्यवस्था, घटना व्यवस्थापन, समग्र चुनौती तथा सवालका बारेमा समिक्षा गर्ने रहेको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

गुलरिया नगरपालिकाका नगर उपप्रमुख तथा बाल अधिकार समितिका संयोजक सुशिला गिरिको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा बाल अधिकार समिति, नागरिक समाज र जनप्रतिनिधिहरुको सहभागिता रहेका थियो ।

सो बैठकको माध्यमबाट गुलरिया नगरपालिका, बाल अधिकार समिति र नागरिक समाजसंग बाल विवाह न्युनिकरण तथा रोकथाममा स्थानीय सरकारको प्रगतिको समिक्षा समेत गरिएको थियो ।

यसैगरी परियोजना क्षेत्रको बाँसगढी, राजापुर र बढैयाताल गाउपालिकामा पनि यसरि नै छलफल समिक्षा तथा अन्तकृयात्मक कार्यक्रम गरि बाल विवाह विरुद्धको प्रगति प्रतिवेदन तयार गरिने क्लबले जनाएको छ ।

सो प्रतिवेदनलाई जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, तथा चारवटै पालिकाका नगर÷गाउ प्रमुख उपप्रमुख, पत्रकार, नागरिक समाज तथा गैर सरकारी संस्थासंग जिल्लास्तरीय समिक्षा गरी प्रधानमन्त्रीको कार्यालयमा पठाईने क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

यसअघि बर्दिया जिल्लामा बालविवाहको अवस्था तथा स्थानीय सरकारको योगदान, अवसर र चुनौती बारे तयार पारिएको कार्यपत्र पस्तुत गरिने कार्यक्रम तय भएको जनाईएको छ


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?