Logo

बर्दियामा बाल अधिकार संरक्षण सम्बन्धि तीन दिने तालिम सञ्चालन

Samachar Rekhanews ६ आश्विन २०७८, बुधबार १९:१२ मा प्रकाशित

नेपालगञ्ज, असोज ६
बाँके युनेस्को क्लबले बर्दियामा ‘स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धि ३ दिने आवासीय तालिम’ सञ्चालन गरेको छ ।

क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाको आयोजनामा तथा राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा सो तालिम सञ्चालन गरेको हो ।

तालिमको उदघाटन गर्दै जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले जिल्लाका सबै स्थानीय तहहरुमा बाल संरक्षणलाई दिगो बनाउनुका साथै सेवा प्रवाहमा समेत तिव्रता ल्याउनका लागि यो तालिमले अहम भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले बाल अधिकार र बाल संरक्षणका लागि प्लान र बाँके युनेस्को क्लबले गरेका कामहरु अतिनै प्रभावकारी रहेको पनि बताउनुभयो ।

तीन दिनसम्म चल्ने सो तालिममा जिल्लाका ८ वटै पालिका, जिल्ला समन्वय समीति, प्रहरी, जिल्ला बाल अधिकार समिति, ८ वटै पालिकाबाट नगर प्रमुख, शिक्षा अधिकृत, महिला तथा बालबालिका शाखा अधिकृत, न्यायिक समिति र स्वास्थ्य शाखा बाट गरेर २५ जनाको सहभागिता रहेको छ ।

राष्ट्रिय बाल अधिकार परिषदका आत्माराम थापाले तालिमको सहजीकरण गरिरहनु भएको जानकारी बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजनाका संयोजक बसन्त विसीले गराउनुभयो ।

प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले जिल्ला समन्वय समिति बर्दिया र बर्दिया जिल्लाका आठ वटै स्थानीय तहसंगको समन्वयमा बाल अधिकार, बाल संरक्षण र बाल विवाह रोकथामका लागि विभिन्न गतिविधिहरु गर्दै आएको छ


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?