Logo

बर्दियामा बाल संरक्षणकालागि जिल्लास्तरीय नितिगत सम्वाद कार्यक्रम सम्पन्न

Samachar Rekhanews ५ आश्विन २०७८, मंगलवार १७:३० मा प्रकाशित

नेपालगन्ज, ५ असोज
जिल्ला समन्वय समिती बर्दियाको आयोजना र बाँके युनेस्को क्लबको समन्वय तथा सहयोगमा बर्दियाको गुलरियामा बाल संरक्षणका लागि जिल्लास्तरीय नितिगत सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ ।

क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत सो सम्वाद कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त सम्वाद कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले जिल्लाका सबै स्थानीयतहमा बाल संरक्षण र सेवा प्रवाहका लागि नितिगत विषयहरुमा छलफल गरेर कार्यान्वयन गर्नका लागि यो महत्वपुर्ण सम्वाद गरिएका बताउनुभयो ।

उहाँले प्लान नेपाल र बाँके युनेस्को क्लबले बालविवाह रोकथाम र बालअधिकार तथा मानवबेचविखन विरुद्ध गरेका कार्यक्रमको जिल्लामा निकै सकारात्मक प्रभाव परिरहेको बताउनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति बर्दियाका उपप्रमुख मान बहादुर विष्टले बाल संरक्षण र सेवा प्रवाहका लागि स्थानीय तहले ठोस निति निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त सम्वाद कार्यक्रममा बासगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बढैयातालका अध्यक्ष लाल बहादुर श्रेष्ठले पनि बाल संरक्षण, बाल अधिकार र बालविवाह रोकथामका लागि आफुहरुले विभिन्न नितिहरु बनाएको बताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका समन्वय अधिकारी कृष्ण चापागाई र मधुवन, ठाकुरद्धारा र बारबर्दिया नगरपालिकाका जनप्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकीले क्लबले सञ्चालन गरेको परियोजनाबाट समुदायमा बाल अधिकार र बाल संरक्षणको चेतना जागृत हुनुका साथै वालविवाह रोकथाममा प्रभावकारी काम भएको बताउनुभयो ।

सो सम्वाद कार्यक्रमबाट सहभागिाहरुमा बर्दियाका सबै स्थानीयतहमा बाल संरक्षण र सेवा प्रवाहका लागि तयार गरिएका निति र नियमहरुको कार्यान्वयन गर्दै अगाडी बढ्नुपर्ने साझा धारणा बनेको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ का संयोजक बसन्त विसीले बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?