Logo

बाँकेकाे जमुनाह नाकामा यात्रु साहायता कक्षकाे शुभारम्भ

Samachar Rekhanews २३ आश्विन २०८०, मंगलवार १६:५० मा प्रकाशित

समीर अलि
असाेज २३,बाँके। चार्डपर्व नजिकिएसंगै बाँकेकाे जमुनाह नाकामा यात्रु सहायता कक्षकाे शुभारम्भ गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय जमुनाहद्वारा यात्रु सहायताका लागि यात्रु सहायता कक्षकाे शुभारम्भ गरिएकाे हाे ।

यात्रु सहायता कक्षकाे शुभारम्भ गदै प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले यात्रूहरुकाे समस्या समाधान गर्न सहायता कक्षकाे शुभारम्भ गरिएकाे बताउनुभयाे । ज्ञवलीले यात्रुहरूलाई ट्राफिक सम्वन्धी तथा अन्य पिरमर्का, गुनासाेहरू भए तत्काल ट्रफिक प्रहरीलाई सम्पर्क गर्ने व्यवस्था मिलाएकाे बताउनुभयाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गाेपिकृण सुवेदीले यात्राकाका क्रममा हुने समस्या समाधानकाे लागि ट्राफिक प्रहरीले जहिले साथ दिने बताउनुभयाे । सुवेदीले सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्‍याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी गरिरहेेकाे बताउनुभयाे ।

यस्तै वडा प्रहरी कार्यालय बाँकेका प्रमुख हरि बहादुर विसीले चार्ड पर्वका समयमा यात्रहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्न नहुने र यात्राको क्रममा चालक सह चालकलले पनि यात्रहरूलाई सहजरूपमा गन्तव्यामा पुर्‍याउनुपर्ने बताउनुभयाे ।

ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख मीन बहादुर विष्टले यात्रहरूलाई नाकामा हुने समस्या समाधानका लागि आफुहरू रात दिन नभनी काम गरीरहेकाे बताउनुभयाे । नाकामा यात्रुहरूलाई कुनै समस्या परे ईलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयाे ।

बाँकेमा यस अघि काेहलपुर बसपार्क र नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

दुर्घटना न्यूनीकरण सम्बन्धमा ट्रक चालकहरु र ट्राफिक प्रहरी बिचमा सडकमा जि.ट्रा.प्र.का. बाँकेले अन्तर्क्रिया गरेको छ ।

बाँकेकाे जमुनाह नाकामा यात्रु साहायता कक्षकाे शुभारम्भ

लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?