Logo

बाँकेका अस्पतालमा संक्रमितको संख्या घट्यो

Samachar Rekhanews ८ असार २०७८, मंगलवार १०:४० मा प्रकाशित

बाँके असार ८ गते ।
बाँकेमा कोरोना भाइरस उपचार गराइरहेका अस्पतालमा संक्रमित विरामीको चाप ह्वात्तै घटेको छ । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, वेष्टर्न अस्पताल नेपालगन्ज र युनाइटेड अस्पतालमा कोरोनाका विरामीका लागि छ्ट्याइएका ९० प्रतिशत बढी बेड खाली भएका छन्

दोस्रो लहरमा ४ सय ८८ जना विरामी भर्ना भएका यी अस्पतालमा अहिले ५४ जनामात्रै छन् । तीमध्ये २१ जना सिकिस्त छन् भने ३३ जना मध्यम रहेका छन् । भेरी अस्पतालमा ४७, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ५ र युनाइटेडमा २ जना संक्रमितको उपचार भइरहेको छ

वेष्टर्नका सवै बेड खाली छन् । कोभिड विरामीको उपचार व्यवस्थापनमा खटिनुभएका स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, असार तीन गते यता बाँकेमा भाइरस संक्रमणबाट कुनैपनि व्यक्तिको मृत्यु भएको छैन् ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?