Logo

बाँकेका एसपी रानाको सरुवा,अधिकारी आउने

Samachar Rekhanews ९ असार २०७८, बुधबार १२:०० मा प्रकाशित

बाँके असार ९ गते ।
बाँकेका प्रहरी उपरिक्षक एसपी ओम रानाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षकको सरूवा गर्नेक्रममा बाँकेका एसपी रानाको पनि सरुवा गरेको हो ।

रानाको प्रहरीको प्रदेश कार्यालय भैरहवा सरुवा भएको छ । बाँकेमा नयाँ एसपीका रुपमा श्यामकृष्ण अधिकारी आउने हुनु भएको छ । यस्तै प्रहरी प्रधान कार्यालयले ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को पनि सरूवा गरेको छ ।

प्रधान कार्यालयका अनुसार बाँकेका डिएसपी सुभास खड्काको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा ट्राफिक अपराध अनुसन्धान तथा अभिलेखन शाखामा सरुवा भएको हो ।

खड्काको सरुवासंगै बाँकेमा नयाँ डिएसपीका रुपमा मधुसुदन न्यौपाने आउनुहुने भएको छ । न्यौपाने इलाका प्रहरी कार्यालय टिकापुरबाट बाँके आउन लाग्नुभएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?