Logo

बाँकेका ८ स्थानीय तहले तिरेनन् २२ करोड ८५ लाख बढी विद्युत महशुल, कारवाही गर्ने तयारीमा प्राधिकरण

Samachar Rekhanews २१ आश्विन २०८०, आईतवार १२:३० मा प्रकाशित

बाँके । बाँकेका ८ स्थानीय तहले विद्युत महशुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले कारवाही गर्ने चेतावनी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरूले सडकबत्तीका लागि विद्युत शक्ति उपभोग गरेबापत गत असारमसान्तसम्मको रकम नतिरे पछि अबको ४५ दिनभित्र विद्युत महशुल नतिरे कारवाही गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार ४५ दिनभित्र रकम नबुझाएमा विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० को बमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ।

प्राधिकरणका अनुसार बाँकेका ८ स्थानीय तहले २२ करोड ८५ लाख ३१ हजार ८४ रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको छ ।

नेपालगञ्ज उप महानगरपालिकाले सबै भन्दा बढी १९ करोड ४५ लाख ८ हजार १९ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेको छ ।

यस्तै कोहलपुर नगरपालिकाले ५ लाख ९८ हजार ६ सय ४४, बैजनाथ गाउँपालिकाले ६३ हजार ७०, राप्ती सोनारी गाउँपालिकाले १५ हजार ७ सय ७, खजुरा गाउँपालिकाले ५ हजार ७ सय ७८, डुडुवा गाउँपालिकाले १ करोड ९४ लाख ५८ हजार १९, नरैनापुर गाउँपालिकाले १ लाख २३ हजार ७ सय ५०, जानकी गाउँपालिकाले १४ लाख ४९ हजार ३ सय ६८ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अनुमति नलिई बिना मिटर आफूखुसी जथाभावी सडकबत्ती जडान गर्ने कार्य कानून सम्मत नरहेकोले सो कार्य नगर्न आग्रह गरेको छ ।साथै बिना मिटर जडान गरिएका सडक बत्तीहरू सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गर्न आग्रह गरेको छ ।

कारवाही गर्ने तयारीमा प्राधिकरण बाँकेका ८ स्थानीय तहले तिरेनन् २२ करोड ८५ लाख बढी विद्युत महशुल

लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?