
रबिया साई (रुबि)
वैशाख, ११ कोहलपुर, बाँकेको अगैयामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् जसमा १ जनाको अवस्था मध्ययम रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख तथा कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका छन् । नेपालगंन्ज बाट तुलसिपुर दाङको लागि छुटेको भे १ ख ३०२३ नम्बरको बस सोमबार दिउसो १ बजे राप्ती सोनारी २ अगैयामा अनियन्त्रित भई दुर्घटना भएको हो । घाईतेलाई नेपालगंन्ज मेडिकल कलेज कोहलपुर (दसविघा) मा उपचारको लागि राखिएिको छ । घटनाको थप अनुशन्धान भैरहेको ईलाका प्रहरी कार्यालयका कोहलपुरले जानकारी दिएको छ ।
लोकप्रिय समाचार