Logo

बाँकेमा अहिलेसम्म २५% रोपाइँ

Samachar Rekhanews २० असार २०८०, बुधबार २१:१६ मा प्रकाशित

बाँके । असार महिना सकिन लाग्दा बाँकेमा हालसम्म २५ प्रतिशत मात्रै रोपाईं भएको छ । कृषि ज्ञान केन्द्र, नेपालगञ्जका अनुसार हालसम्म पनि राम्रो वर्षा नभएकोले अपेक्षित रोपाईं हुन नसकेको हो ।

कृषि ज्ञान केन्द्र, नेपालगञ्जका प्रमुख शकिल अहमदले यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकोले सबैतिर रोपाईं हुन नसकेको बताउनु भयो। उहाँका अनुसार हालसम्म भएको २५ प्रतिशत रोपाईं पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ ।

प्रमुख अहमदले हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाईं भएको र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाईं भएको बताउनु भएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षहरु झै यो वर्ष पनि बाँकेमा ढिलोगरी धान रोपाईं शुरु भएको हो । असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन । धेरै किसानले धानको बीउ (ब्याड) राख्न पाएका थिएनन् । सिँचाइ सुविधा भएको ठाउँमा मात्र बीउ राखिएको थियो । कतिपय किसानको बीउ अझै रोप्ने बेला नै भएको छैन । अलि पहिला बीउ राखेका र सिँचाइको पहुँचमा रहेका किसानले यतिबेला रोपाईं गरिरहेका छन् ।

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गर्दछ । अधिकांश ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती समयमा हुन सकेको छैन । धानमा आत्मनिर्भर रहेको बाँकेमा समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपेपनि पछि बाढीले क्षति पुर्याउने गर्दा किसानहरु समस्यामा पर्ने गरेका छन् ।

ढिलो गरी रोपाईं हुने हुँदा यस पटक पनि उत्पादनमा प्रभाव पर्ने किसानले जनाएका छन् । बाँके डुडुवा ५ का किसान राजितराम मौर्यले कहिले पानी नपरेर उत्पादन घट्ने गरेको र कहिले बढी पानी परेर बाढी र डुबानबाट क्षति भै उत्पादन घट्ने गरेको गुनासो गर्नु भएको छ। उहाँले समयमा मलखाद नपाउँदा पनि उत्पादनमा प्रभाव पर्ने गरेको जनाउँदै मलखादका लागि हरेक वर्ष सास्ती भोग्नुपरेको बताउनु भएको छ। नहर आसपासका क्षेत्रमा रोपाई भएनी आकाशे पानीको भर परेर रोपाइँ गर्ने किसानहरुले भने अहिले सम्म रोपाइँ नै सुरु नगरेको स्थानिय किसानहरुले बताएका छन् ।

बाँकेमा अहिलेसम्म २५% रोपाइँ ।

लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?