Logo

बाँकेमा कुनै ठाँउ आज राती कुनै ठाँउ भोलि बिहान देखि मतगणना हुने

Samachar Rekhanews ३० बैशाख २०७९, शुक्रबार २०:५१ मा प्रकाशित

बाँके बैशाख ३० गते ।
बाँकेका पालिकाहरुमा आजै रातीदेखि मतगणना गर्ने तयारी गरिएको छ । कति पालिकामा मतपेटिका संकलन भइसकेको छ भने कति पालिकामा मतपेटिका संकलन हुने क्रममा छन् ।

सबै पालिकाहरुमा मतपेटिका संकलन भइसकेपछि मतगणना शुरु गर्ने तयारी गरिएको छ । “मतपेटिका संकलन भइसकेपछि हामी सर्वदलीय बैठक राख्छौं, त्यही बैठकको निर्णयका आधारमा मतगणनाको कार्य प्रारम्भ हुन्छ,“ सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले भने ।

नेपालगञ्जमा आजै रातीदेखि मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत षडानन्द तिवारीले भने । कोहलपुर नगरपालिकामा पनि रातीदेखि नै गणनाको तयारी गरिएको निर्वाचन अधिकृत तिर्थराज भट्टले बताए ।

राप्तीसोनारी गाउँपालिकामा भने भोली विहान ६ बजेदेखि मतगणना गर्ने तयारीमा आफूहरु रहेको निर्वाचन अधिकृत टोपेन्द्र बहादुर केसीले बताए ।जानकीमा सर्वदलीय बैठक बसेर त्यसको निर्णयको आधारमा सकभर आजै रातीदेखि नभए भोली विहान ८ बजेदेखि मतगणना हुने निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?