Logo

बाँकेमा जीतको नजिक एमाले–राप्रपा तालमेलका उम्मेदवार

Samachar Rekhanews २७ कार्तिक २०७९, आईतवार १९:५३ मा प्रकाशित

नेपालगन्ज,२७ कार्तिक–बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका उम्मेदवारको जीत सुनिश्चित देखिएको छ ।
सत्ता गठबन्धनभित्र आन्तरिक किचलो बढ्दै गएकोले पनि जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एमाले–राप्रपा तालमेलको उत्साहपूर्ण माहोल बन्दै गएको छ ।
सत्ता गठबन्धनमा बाँके क्षेत्र नं. १ मा माओवादी नेता अमर खड्का चुनावको मुखैमा जसपा प्रवेश गरी उम्मेदवार बनेको र पुरानै उम्मेदवारलाई पुन दोह¥याएकोमा माओवादीभित्र एक समूह असन्तुष्ट छ भने कांग्रेसको धेरै मत रहेको क्षेत्रमा माओवादीले टिकट पाएपछि कांग्रेसीहरु पनि असन्तुष्ट देखिएका छन् । यसकारणले बाँके क्षेत्र नं.१ मा एमाले र राप्रपाका तीनै जना उम्मेदवारको जित सुनिश्चित भएको छ ।
बाँके क्षेत्र नं. २ मा प्रदेशसभातर्फ सत्ता गठबन्धन एकआपसमै निर्वाचन भिडेको अवस्थामा नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार बिजयबहादु्र यादव र निरक गुरुङको जीत सुनिश्चित भईसकेको छ ।
प्रतिनिधिसभामा प्रतिष्पर्धी भनिएका जसपाका इस्तियाक राई भन्दा राप्रपाका उम्मेदवार डा. धवलशम्शेर राणाको १० हजार मत बढि रहेको छ ।
क्षेत्र नं. ३ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आन्तरिक कलहका कारण एमालेको निर्वाचन माहोल दैनिक रुपमा राम्रो बन्दै गएको छ । प्रदेश क मा आफ्नै उम्मेदवार आईपी खरेलविरुद्ध माओवादीले दलबहादुर सुनारलाई आधिकारिक उम्मेदवार बनाएपछि माओवादीभित्र ठूलो लडाई रहेको छ भने प्रतिनिधिसभामा बर्दियाका नेता किशोरसिंह राठौरलाई बाँकेमा टिकट दिएको र प्रदेश ख मा विवादित व्यक्ति बादशाह कुर्मीलाई उम्मेदवार बनाएकोमा कांग्रेसभित्र ठूलो असन्तुष्टि रहेको छ। माओवादी उम्मेदवार हराउन माओवादी र कांग्रेस उम्मेदवार हराउन कांग्रेसनै लागिरहेकोले क्षेत्र नं. ३ मा एमालेका तीनैजना उम्मेदवार विजयको नजिक रहनुभएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य बाँके इन्चार्ज एवम् बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सूर्य ढकालले राप्रपासँगको चुनावी तालमेलसँगै अहिले नयाँ इतिहास रच्ने अवर प्राप्त भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यसपटकको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई सक्रिय र क्रियाशिलपूर्वक लाग्न जोड दिनुभयो ।
एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, दिपा शर्मा, पशुपतिदयाल मिश्राले एमाले र राप्रपाको चुनावी तालमेलले दुवै पार्टीका सबै उम्मेदवारले जित्ने आधार तय भएको दावी गर्दै एमाले नभेटेको व्यक्ति र नपुगेको कुनै घर नहुने बाताबरण बनाउन उम्मेदवारलाई अपिल गर्दै विकास र समृद्धिको सवालमा बाँकेका मुद्दा राष्ट्रिय रूपमा स्थापित गर्ने अभिभारा काँधमा आएको धारणा ब्यक्त गर्नुभयो ।
पार्टी केन्द्रीय अनुशासन आयोगका सदस्य एवम् जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक देवराज भारले नेकपा एमाले र राप्रपासँगको तालमेलले बाँकेमा नयाँ तरङग ल्याएको दावी गर्नुभयो ।
नेता भारले एमाले र राप्रपासँगको तालमेलले परमादेशी सरकार सञ्चालन गरेका पार्टी र तिनका उम्मेदवार अत्तालिसकेको उल्लेख गर्नुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?